एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष तथा आइसिसी सचिव राधिका गुरुङ सम्मानीत

हङकङ:  गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङकी निवर्तमान अध्यक्ष तथा आइसिसी सचिव पदमा निर्वाचीत राधिका गुरुङ (टिका) सम्मानीत हुनु भएको छ । नेपाली महावाणिज्य दूतावास हङकङ र ग़ैर आवासीय नेपाली संघ हङकङले संयुक्त रुपमा बधाई ज्ञापन कार्यक्रम आयोजना गर्दै गुरुङलाई सम्मान गरेको हो ।

आयोजकका तर्फबाट नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगर, वाणिज्यदुत किरण कुमार गुरुङका साथै एनआरएनए एनसिसी हङकङका अध्यक्ष गोकर्ण ढकालले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा एनआरएनए कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । यसअघि पनि गुरुङलाई हङकङमा क्रियाशील विभिन्न संघसंस्थाले सम्मान गरिसकेको छ ।

दुई कार्यकाल एनआरएनए हङकङको सफल कार्यकाल बिताउनु भएको गुरुङ हङकङको प्रतिनिधित्व गर्दै पहिलो पटक महिला तर्फबाट केन्द्रीय पदाधिकारीमा पुग्न सफल हुनु भएको थियो । केहि समय अघि सम्पन्न एनआरएनएको विश्व सम्मेलनबाट गुरुङ आइसिसी महिला सचिवमा निर्विरोध निर्वाचीत हुनु भएको हो ।

May be an image of 14 people, people standing and indoor

May be an image of 2 people and people standing

May be an image of 5 people, people standing and indoor
May be an image of 3 people, people standing and indoor
May be an image of 11 people, people sitting, people standing and indoor
May be an image of 4 people, people standing and indoor
May be an image of 5 people, people standing and indoor
May be an image of 5 people, people standing and indoor
May be an image of 3 people and people standing
May be an image of 3 people and people standing

प्रकाशित | १५ जेष्ठ २०७९, आईतवार १९:०४