तरुण विभागका केन्द्रीय सदस्य रामजीवी पन्थ जनसम्पर्क समिति जर्मनीको सभापतिमा उठ्ने

ह्यामवर्ग – नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा रामजीवी पन्थले उम्मेदवारी घोषणा गर्नु भएको छ । यही २९ तारिखमा हुन गइरहेको जनसम्पर्क समिति जर्मनीको पाँचौ अधीवेशनमा पन्थले सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

२०४६ सालदेखि नेविसंघदेखि क्रियाशील रहँदै आउनु भएको पन्थ हाल नेपाली कांग्रेस तरुण विभागको केन्द्रीय सदस्य हुनुहुन्छ । जनसम्पर्क समिति जर्मनीको सदस्य, जनसम्पर्क समिति इटालीको संस्थापक र जनसम्पर्क समितिको यूरोपेनीयन समन्वय समितिको सदस्य रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

गैर आवासीय नेपाली संघको अभियानमा समेत क्रियाशील रहनु भएको पन्थ हाल आइसिसी मानार्थ सदस्य हुनुहुन्छ भने एनआरएनए इटालीको संस्थापक महासचिव समेत हुनुहुन्थ्यो । त्यो बेला पन्थले निकै नै उल्लेख्यनीय कार्य गर्नु भएको थियो ।

नेपालको तनहुँ जिल्लामा जन्मिनु भएको पन्थ लामो समयदेखि जर्मनीमा बस्दै आउनु भएको छ । पन्थले अधिवेशनमा आफूलाई सहयोग गरिदिन सबैमा अपिल समेत गर्नु भएको छ ।


प्रकाशित | ९ मंसिर २०७८, बिहीबार १४:२५