मकाउबासी नेपालीको सहयोगमा नेपाल पठाइँदै सर्जीकल मास्क

मकाउ :  मकाउमा रहेका नेपालीहरु नेपालको विपत्तिमा सहयोगको लागि जुटीरहेका छन् । त्यसै सिलसिलामा नेप्लिज बडी विल्डगं एन्ड फिटनेस एसोसियसन र बर्दर हुड एसोसियसनको संयुक्त सक्रियता तथा पहलमा ७ हजार उच्च गुणस्तरको सर्जीकल मास्क गैर आवासीय नेपाली संघ मकाउलाई सहयोग गरिएको छ ।

लेप्लिज बडी विल्डगं एन्ड फिटनेस एसोसियसन अध्यक्ष श्रीजन,  बाबा भाई (Lei Wai San) र बर्दर हुड एसोसियसनका अध्यक्ष बम लिम्बूले एनआरएनए मकाउलाई सो मास्क हस्तान्तरण गर्नुभएको थियो ।

एनआरएनए मकाउ अध्यक्ष पूर्ण गुरुगंका अनुसार एनसिसीले मकाउबासी नेपाली समुदायलाई सहयोगको लागि आह्रवान गरेकाले थप सहयोग उठ्ने क्रम जारी छ । अध्यक्ष गूरुगंले आफूले सकेको सहयोग गर्न आग्रह गरिएकाले कतीपय संघसंस्थाले स्वास्थ्य सामाग्री पनि सहयोग गरेको जानकारी गराउनुभयो ।

एनआरएनए मकाउमा उपलब्ध ती सामान एनआरएनए केन्द्रको समन्वयमा नेपाल पठाइनेछ । तत्कालको लागि नेपाल जाने साधन नभएकाले मास्कलगायत अन्य विभिन्न स्वस्थ्य सामाग्री एकमुष्ट पठाउने विषयमा चीन स्थिती महावाणीज्यदूतावासँग समन्वय गर्न एनआरएनए चीनमार्फत कुराकानी भइरहेको उहाँले बताउनुभयो ।


प्रकाशित | १४ चैत्र २०७६, शुक्रबार १९:०१