केरुङ-काठमाडौं रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञहरूले दिए सरकारलाई सुझाव

काठमाडौं: काठमाण्डौ-केरुङ काठमाण्डौ रेलमार्ग निर्माणमा हतार नगर्न विज्ञहरुले सुझाएका छन् । विज्ञहरुले रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने लगानी तथा निर्माणको मोडल स्पष्ट नभएसम्म निर्माणमा हतार नगर्न सुझाव दिएका हुन ।

विज्ञहरुले तत्कालका लागि चीनबाट रेल आउने विषयलाई प्राथमिकता दिनुभन्दा त्यसले पार्ने विविध पक्षको अध्ययन गरी आन्तरिक सडक पुर्वाधारमा जोड दिएर योजनाबद्ध ढंगले निर्णय गर्न समेत सुझाव दिएका छन् । विवेकशील साझा पार्टीले शनिबार आयोजना गरेको केरुङ काठमाण्डौ रेल बहस कार्यक्रममा बोल्ने विज्ञहरुले सो धारणा राखेका हुन ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् शंकर शर्माले रेलमार्ग निर्माणको सम्बन्धमा चीनीया सरकार पनि स्पष्ट नभएको उल्लेख गर्दै निर्माणमा हतार गर्न नहुने बताउनुभयो । उहाँले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसँगको निर्भरतालाई जोखिमयुक्त मान्ने गरेकाले विकल्प खोज्नु आवश्यक भएकोमा जोड दिनुभयो । उहाँका अनुसार निर्माणमा धेरै कुरामा स्पष्ट हुनुपर्नेमा त्यो भइसकेको छैन ।

विवेकशील साझा पार्टीका प्रवक्ता तथा पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्यले केरुङ काठमाण्डौ रेल सञ्चालनबाट प्रत्यक्ष लाभ नेपाल वा छिमेकी मुलुक कसलाई भन्नेमा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १९:५७