विश्वकप क्रिकेटका लागि श्रीलंकाली टोली घोषणा

एजेन्सी : आइसिसी विश्व कप २०१९ का लागि श्रीलंकाको टोली घोषणा गरिएको छ । श्रीलंकाले १५ सदस्यीय टोलीको घोषणा गरेको हो। श्रीलंका क्रिकेट (एसएलसी)ले बुधबार करुणारत्नेलाई राष्ट्रिय टिमको कप्तान घोषणा गरेको थियो। ३० वर्षीय करुणारत्नेले विश्वकप २०१५ पछि अहिलेसम्म श्रीलंकाका तर्फबाट एउटै वान(डे म्याच खेलका छैनन्। उनले श्रीलंकाका लागि अहिलेसम्म १७ वानडे म्याच खेलेका छन्। जसमा उनले १५.८३ को औषतमा १९० रन लिएका थिए। श्रीलंकाको टिममा निरोशन डिकवेला, अकिला धनन्नजय, दनुष्का गुमातिलाका, उपुल थरन्गा र दिनेश चन्डिमल नयाँ अनुहार हुन्।


प्रकाशित | ५ बैशाख २०७६, बिहीबार १७:१७