कालिञ्चोक प्रमुखमा कांग्रेसका शिवाकोटी र उपप्रमुखमा माओवादीका बुढाथोकी विजयी

दोलखा :  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुन शिवाकोटी अध्यक्षमा विजयी हुनु भयो ।

शिवाकोटी ५ हजार ७ सय ८६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश शिवाकोटीले ४ हजार ६ सय ७३ मत प्राप्त गर्नु भयो । ।

यस्तै उपप्रमुखमा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी विजयी हुनु भयो । उहाँले ७ हजार ७ सय १८ मत पाउनु भयो । बुढाथोकीको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कविता थामीले ४ हजार ९ सय ७१ मत पाउनु भयो ।

कालिञ्चोकका ९ वडामध्ये वडा नं–१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन भने अन्य ८ वडामा माओवादी केन्द्र र नेपाली कांग्रेसले समान ४ वडामा विजयी भएका छन् ।

कुन वडामा कसले जिते ?

वडा नं. १ : पदम बहादुर थामी (एमाले)

वडा नं.२:  बिक्रम पाण्डे (माओवादी)

वडा नं. ३: दल बहादुर तामाङ (माओवादी)

वडा नं. ४:  दिपक खुलाल ((कांग्रेस)

वडा नं. ५ :  सहदेब खड्का (माओवादी )

वडा नं. ६ :  भरत पाण्डे ((कांग्रेस)

वडा नं. ७:  राम पाण्डे (माओवादी )

वडा नं. ८: सुर्य बहादुर आचार्य, बालकृष्ण (कांग्रेस)

वडा नं.९ : राम प्रसाद मैनाली (कांग्रेस)


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार २३:१३