एनआरएनए रोड सेप्टीका संयोजक थर्क सेनको आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा

लन्डन: गैर आवासीय नेपाली सघ (एनआरएनए ) को आसन्न नवौं महाधिवेशनमा एनआरएनए रोड सेप्टी कमिटीका संयोजक थर्क सेनले आईसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए रोड सेप्टी कमिटि संयोजक रहनु भएको सेन विगत लामो समयदेखि एनआरएनए अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको छ ।

पूर्व ब्रिटीस आर्मी सेन लामो समयदेखि बेलायतमा रोड सेप्टीको क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपालमा बढ्दो दुर्घटना रोक्न सरकारका हरेक निकायलाई विदेशी प्रविधि र अनुभव शेयर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सेनले विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा सक्रियपूर्व लाग्दै आउनुभएको हो । एनआरएनए यूकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसिसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक सेन एनआरएनए एकेडेमीको सदस्य समेत हुुनुहुन्छ ।

एनआरएनएको तर्फबाट रोड सेफ्टीका संयोजक सेनसँग ‘सडक सुरक्षा र ट्राफिक जाम नियन्त्रण’ विषयमा काम गरेको लामो अनुभव छ । कमिटी संयोजक थर्क सेनले दुई वर्षदेखि नेपालका गृहमन्त्री, यातायात मन्त्री, परराष्ट्र मन्त्री हुँदै प्रहरी प्रमुख, ट्राफिक हेडक्वाटर लगायतका सरकारी निकायसँग सडक सुरक्षाको लागि विदेशी प्रस्ताव लग्दै नेपालमा दुर्घटना न्यूनीकरणको क्षेत्रमा पहल गर्दै आउनुभएको छ ।

‘हामीले शूरुमा स्थानीय तहमा यो प्रस्ताव लग्यौ, सबैबाट राम्रो प्रतिक्रिया पनि प्राप्त भयो, सरकारी निकाय सकारात्मक देखिएपछि हाम्रोतर्फबाट सरकारलाई सहयोग गर्न तयार भएको भन्दै समझदारी पत्रमा समेत हस्ताक्षर गरिसकेका छौ’, सेनले भन्नुभयो ।

एनआरएन रोड सेफ्टीले याातायात मन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्री, स्वास्थ्य मन्त्री, प्रहरी हेडक्वाटर, यातायात ब्यवस्था विभाग, सडक बिभाग, सिंहदरबार सचिवालय, स्थानीय तह अन्तर्गत काठमाडौं, पोखरा, भरतपुर, बुटवल महानगरलगायतका प्रमुखसँग अन्रसंवाद गर्दै सो अवधारण बारेमा जानकारी समेत गराइसकेको छ ।


प्रकाशित | ३० श्रावण २०७६, बिहीबार २०:४२