मध्यपुर थिमि मेयरमा कांग्रेसका सुरेन्द श्रेष्ठ र उपमेयरमा माओवादीका विजय श्रेष्ठ विजयी

भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले विजयी हासिल गरेको छ । मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी हुनु भएको हो ।

सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४ हजार ६३ मतले पराजित गर्नु भयो । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गर्दा मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गर्नु भयो ।

उपमेयरमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गर्नु भयो । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गर्नु भयो । नेपालले ८९६३ मत पाउनु भयो ।

मध्यपुर थिमि नगरको वडा नम्बर १, २, ३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले र ८ वडामा नेमकिपाले वडाध्यक्षमा जितेको छ ।


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार ०६:३५