एमालेले हटायो संसद्को अवरोध 

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्को अवरोध हटाएको छ। यसअघि पटक–पटक संसद् अवरोध गर्दै आएको एमालेले मङ्गलबारको प्रतिनिधिसभाको बजेट अविधेशनबाट अवरोध हटाएको हो ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसदमा बोल्दै अबदेखि सदन अवरोध नगर्ने बताउनुभएको हो। यसअघि एमालेले कारबाही गरेका १४ सांसद्‍माथि कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आएको थियो।


प्रकाशित | ३ जेष्ठ २०७९, मंगलवार १७:२३