सूर्यविनायक नगरपालिका-५ मा एमालेबाट जोशीको प्यानल नै विजयी

भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका राजकुमार जोशीको प्यानल नै विजयी भएको छ । जोशी पुन: दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी हुनु भएको हो ।

जोशीसँगै एमालेबाट महिला सदस्यमा कमला पोखरेल, दलित महिला सदस्यमा गीता बिसुन्के, खुल्ला सदस्यमा मनोज थापा र बासुदेव पोखरेल विजयी हुनु भएको छ ।

No photo description available.


प्रकाशित | ३ जेष्ठ २०७९, मंगलवार १४:३०