बुधबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं : नेपालमा बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २७९ जनामध्य २५७ जना पुरुष र २२ जना महिला छन्।

प्रवक्ता गौतमका अनुसार बुधबार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाहीका २७, कपिलवस्तुका ४८, नवलपरासीका ५, पाल्पाका १२, प्युठानका ६, रुपन्देहीका ७ जना रहेका छन् ।

Ministry of Health and Population-Nepal को फोटो।

यस्तै, बाँकेमा ३, बर्दियाका १, सप्तरीका ६, दैलेखका २५, जाजरकोटका ३, सुर्खेतका ९, दार्चुलाका १, कैलालीका १२, कञ्चनपुरका २, डढेलधुराका १, धादिङका १६, धनुषाका ११, गोर्खाका ४, नुवाकोटका १, रौतहटका ५३, सिन्धुपाल्चोकका २ र सिराहाका १ जना संक्रमित थपिएका छन् ।

Ministry of Health and Population-Nepal को फोटो।

नेपालमा हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुम पश्चिम र रसुवा जिल्लामा भने कोरोना संक्रमण देखिएको छैन।

आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको प्रवक्ता डा गौतमले जानकारी गराउनुभयो । संक्रमित मध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिला छन्।

अहिलेसम्म कुल डिस्चार्ज हुनेको सङ्ख्या ६७४ पुगेको छ । आइसोलेसनमा तीनहजार ६७५, क्वारेन्टाइनमा एकलाख ७२ हजार २६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एकलाख दशहजार ७४४ पुगेको छ ।


प्रकाशित | २८ जेष्ठ २०७७, बुधबार १९:११