मेलुङ गाउँपालिका अध्यक्षमा एमालेबाट थोकर र उपाध्यक्षमा आचार्य विजयी

दोलखा: दोलखाको मेलुङ्ग गाउँपालिका अध्यक्षमा नेकपा एमाले दोलखाका सचिव हिराकुमार थोकर विजयी हुनु भएको छ । उहाँले १ हजार ७ सय ३९ मतको फराकिलो मतान्तरसहित गठबन्धन दल नेकपा एकिकृत समाजवादीका रविन्द्र कार्कीलाई पछि पार्नुभएको हो ।

थोकरको ४ हजार ४ सय ४२ मत पाउनु भयो भने नेकपा एसका रविन्द्र कार्कीको २ हजार ७०३ मत छ । यस्तै उपाध्यक्षमा नेकपा एमालेकै गायत्री आचार्य विजयी हुनु भएको छ । आचार्य नेकपा एमाले दोलखाका जिल्ला कार्यसमितिका सदस्य हुन् । आर्चायले पनि १ हजार ९७२ मतको फराकिलो मतान्तरसहित विजयी हुनु भएको छ ।

आचार्यले ४ हजार १४७ मत  पाउनु भयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका भक्त तामाङले २ हजार १७५ मत प्राप्त गर्नु भएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७९, मंगलवार ०९:१७