कालिन्चोक अध्यक्षमा कांग्रेसका शिवाकोटी र उपाध्यक्षमा माओवादीका बुढाथोकीको अग्रता

दोलखा : कालिन्चोक गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्षका उम्मेदवार अर्जुन शिवाकोटी र उपमेयरका उम्मेदवार कुल बहादुर बुढाथोकीले अग्रता लिनु भएको छ । पछिल्लो नतिजा अनुसार शिवाकोटी र बुढाथोकीले अग्रता लिनु भएको हो ।

अर्जुनले वडा नं १, २ सहित ३ वडाको ५३५ गन्दा सम्म १३ सय २४ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो । उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेको तर्फबाट गणेश शिवाकोटीले १ हजार १ सय मत प्राप्त गर्नु भएको छ ।

उता उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कुल बहादुर बुढाथोकीले १ हजार ३ सय ७७ मतका साथ अग्रता कायम गर्नु भएको छ भने एमालेको तर्फबाट कविता थामीले १२ सय ४९ मत प्राप्त गर्दै पछ्याइरहनु भएको छ ।

कालिन्चोक गाउँपालिका वडा नं. ३ मा ५३५ गन्दा वडाध्यक्षमा माओवादीले २१२ सहित अग्रता लिएको छ । दोस्रोमा एमालेले १६९ र कांग्रेसले १२३ मत प्राप्त गरेको छ ।  वडा नं. ३ मा १ हजार ४५ मत खसेको छ ।

गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेको तर्फबाट पदम बहादुर थामी र वडा नं. २ मा नेकपा माओवादी केन्द्रका विक्रम पाण्डेले जित्नु भएको छ ।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार ०१:१०