भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. २ स्थित बालकोटमा एमालेले अग्रता कायमै राखेको छ । एमालेले वडामा मेयर, उपमेयर र वडाध्यक्षका सबै पदमा अग्रता कायम राखेको हो ।
वडामा २ हजार ४३ मत गनीसक्दा मेयरमा एमालेका तर्फबाट बासुदेव थापाले १ हजार ३७ मत पाउनु भएको छ भने कांग्रेसका तर्फबाट निसान ढुंगेलले ८६८ मत पाउनु भएको छ ।
उपमेयरमा एमालेको तर्फबाट सरिता भट्टराईले १ हजार ४३ मत पाउँदा गठबन्धनको तर्फबाट उम्मेदवार एकीकृत समाजवादीका श्याम बस्नेतले ६१६ मत पाउनु भएको छ ।
वडामा एमालेको उम्मेदवारले ९६५ र कांग्रेसको तर्फबाट ८७७ मत पाउनु भएको छ । वडा नं. २ मा ३ हजार ५३४ मत खसेको छ ।
प्रकाशित | १ जेष्ठ २०७९, आईतवार २२:०२