मध्यपुर थिमी-१ मा कांग्रेसका बाबुकाजी डंगोल विजयी

भक्तपुर : नेपाली काँग्रेसले मध्यपुर थिमिमा खाता खोलेको छ। नगरपालिका वडा नं. १ मा काँग्रेसका बाबुकाजी डंगोल विजयी हुनु भएको हो । उहाँले १ हजार ७ सय ६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले १ हजार २९० मत पाउनु भएको छ ।

कांग्रेसबाट महिला सदस्यमा सरस्वती खडका, दलित महिलामा रिमा परियार,खुल्ला सदस्यमा कान्छा राम द्वारे र एक जना भने एमालेबाट वडा सदस्य श्यामकृष्ण प्रजापति निर्वाचित हुनु भएको छ ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार २०:१२