दीर्घकालीन असर गर्ने निर्णय नगर्न सरकारलाई पाँच पूर्वप्रधानमन्त्रीको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीहरूले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै सरकार कामचलाउ स्थितिमा रहेको भन्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न चेतावनी दिएका हुन ।

साथै यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकायलगायत राज्यका अन्य अंगहरुसँग पनि उनीहरुले आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरुले सर्वसाधारणलाई यथाशीघ्र खोप उपलब्ध गराउन पनि सरकारसँग माग गरेका छन् । त्यस्तै, पाँचपूर्व प्रधानमन्त्रीले ढुंगा–गिटी विदेश निर्यात गर्ने निर्णय राष्ट्रहित विपरित र जनविरोधी भएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।


प्रकाशित | २९ जेष्ठ २०७८, शनिबार २०:१९