कालिन्चोकमा गणेश शिवाकोटीको पक्षमा देखियो माहौल, चुनाव जित्नेमा ढुक्क

दोलखा: कालिन्चोक गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार गणेश शिवाकोटीको पक्षमा माहौल देखिएको छ । एमालेको सांगठनीक संरचना निकै बलियो रहेको कालिन्चोकमा शिवोकोटीको पक्षमा माहौल देखिएको हो । चुनावी अभियान सम्पन्न गर्नु भएको शिवाकोटीले आफुलाई जिताउन मतदाता आत्तुर रहेको बताउनु भयो ।

पार्टीगत मात्र नभई ब्यक्तगीत रुपमा समेत राम्रो प्रभाव राख्नु हुने शिवाकोटीको पक्षमा नयाँ र विशेष गरि युवा पुस्ताको ठुलो जमात छ । उम्मेदवारी मनोनयन दर्तासँगै घरैलो कार्यक्रमलाई ब्यापक बनाउनु भएको शिवाकोटीलाई गाउँगाउँमा पुग्दा आफूले पाएको न्यानो स्वागत र माया तथा स्थानीयबासीमा देखिएको उत्साहले हौसाएको मात्र छैन कि चुनाव पक्का जितीनेमा समेत ढुक्क बन्नु भएको छ ।

कालिनाग मावि सुनखानीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेसँगै २०५६ सालबाट अनेरास्ववियुमा संगठित भएर राजनीतिलाई अगाडि बढ्नु भएको शिवाकोटी २०६५ सालमा नेकपा एमालेको क्षेत्रीय सचिबका जिम्मेवारी क्शलतापूर्वक वहन गरिसक्नु भएको छ ।

२०६७ सालमा नेकपा एमालेको क्षेत्रीय अध्यक्ष भएर पार्टी जिम्मेवारी समाल्नु भएको शिवाकोटी २०७० मा दोलखा काठमाडौं सम्पर्क मन्चको सहसचिव हुनु भयो । २०७२ मा दोलखा काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा हुनु भयो भने २०७५ मा प्रदेश सम्पर्क समितिको सदस्य बन्नु भयो ।

२०७७ देखि जिल्ला कमिटि सदस्य रहँदै आउनु भएको शिवाकोटी अहिले पनि नेकपा एमाले जिल्ला कमिटि दोलखाको सदस्य एवं दोलखा काठमाडौं सम्पर्क मन्चको इन्चार्जको रुपमा कार्य गरिरहनु भएको छ ।

शिवाकोटीले पछिल्लो समय रेष्टुरेन्ट ब्यावसाय संचालन गर्दै आउनु भएको छ । विभिन्न सामाजिक अभियानहरुमा समेत जोडिँदै आउनुभ एको शिवाकोटीले कालिन्चोक गाउँपालिकालाई देशकै समृद्ध नमूना गाउँपालिका बनाउने उद्घोष गर्नु भएको छ ।

विगतमा गरेका कामहरुलाई निरन्तरता दिदैं समृद्ध नमूना गाउँपालिका बनाउने एजेण्डामा साथ दिँदै आफुलाई विजयी बनाउन उहाँले कालिन्चोकबासीमा अपिल समेत गर्नु भएको छ।

यस्ता छन् कालिन्चोक गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार गणेश शिवाकोटीका प्रतिबद्धतापत्र


प्रकाशित | २७ बैशाख २०७९, मंगलवार १९:१९