भक्तपुर: नेकपा एमालेले सूर्यविनायकमा घरदैलो कार्यक्रम अन्तिम चरणमा पुर्याएको छ । नगरका १० वटा वडामध्ये ९ वटा वडामा सम्पन्न गर्दै घरदैलो कार्यक्रम अन्तिम चरणमा पुर्याएको हो ।
बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम सिरुटार, दधिकोट, गुन्डु, कटुञ्जे, सिपाडोल हुँदै आज नंखेलमा सम्पन्न गरिएको छ । घरदैलो कार्यक्रममा स्थानीयले उत्साहजनक सहभागिता जनाउँदै बासुदेव थापा नेतृत्वले पाँच वर्षमा गरेका कार्यप्रति अन्यन्तै खुसी ब्यक्त गरेका थिए ।
९ वटा वडामा घरदैलो सम्पन्न गर्दै मेयरका उम्मेदवार थापाले घरदैलो कार्यक्रमको क्रममा नगरबासीबाट सोचेभन्दा बढी समर्थन पाएको बताउनु भयो । थापाले अहिलेसम्मको घरदैलो कार्यक्रमको क्रममा उत्साहजनक समर्थन पाएको र दुई तिहाई भन्दा बढी मतले विजयी हुने बताउनु भयो ।
अघिल्लो निर्वाचनमा मेयर र उपमेयरसहित ७ वटा वडामा विजयी हासिल गरेकोमा यो पटक सबै वडामा विजयी हासिल गर्ने पनि उहाँले बताउनु भयो ।
त्यस्तै, एमालेले भोलि चित्तपोलबाट घरदैलो कार्यक्रम समापन गर्दैछ । घरदैलो कार्यक्रममा सहभागि भई भब्य रुपमा सफल बनाईदिन सुनपा १० वडाका वडाध्यक्षका उम्मेदवार शिवराम राउतले सबैमा अपिल गर्नु भएको छ ।












प्रकाशित | २५ बैशाख २०७९, आईतवार २१:५९