सिपाडोलमा एमालेको घरदैलो कार्यक्रम, स्थानीयले गरे बासुदेव थापा नेतृत्वलाई भब्य स्वागत

भक्तपुर । नेकपा एमाले सूर्यविनायकले घरदैलो कार्यक्रम जारी राखेको छ । अहिलेसम्म नगरपालिकाका सात वटा वडामा घरदैलो सम्पन्न गरिसकेकेको एमालेले आज वडा नं. ८ स्थित सिपाडोलमा घरदैलो कार्यक्रम आयोजना गरेको हो ।

ब्यापक उत्साहका साथ घरदैलो कार्यक्रम सम्पन्न गरिरहेको एमालेले सिपाडोलबासीको पनि त्यत्तीके साथ र सहयोग पाएको छ भने स्थानीयले उम्मेदवारहरुलाई भब्य स्वागत समेत गरेका छन्। घरदैलोसँगै आयोजित ¥यालीमा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।

¥यालीमा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, वागमती प्रदेशका सांसद शशीजंग थापा, एमालेको तर्फबाट सूर्यविनायक नगरपालिकामा प्रमुख पदका उम्मेदार बाशुदेव थापा, उपप्रमुख पदका उम्मेदार सरिता भट्टराई, एमालेका जिल्ला कमिटी सदस्य तथा वर्तमान वडाध्यक्ष किरण थापा, वडाध्यक्ष पदका उम्मेदवार पुष्पराज बस्नेत, वडा सदस्यका उम्मेदवारहरु सावित्री मिश्र, अञ्जना नेपाली, विक्रम तामाङ तथा विश्वराज त्वानाबासुसहित एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम सूर्यविनाकको गणेश मन्दिरबाट शुरु भएको थियो ।


प्रकाशित | २३ बैशाख २०७९, शुक्रबार २०:४६