हतियार बुझाएर हिंसा नत्यागे विप्लब समूहको अस्तित्व नै समाप्त : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बुझाएर हिंसा नत्यागे नेत्रविक्रम चन्द विप्लब समूहको अस्तित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ । विप्लव समूह हतियार बुझाएर नआए अप्ठ्यारो ढंगले समुहनै समाप्त हुने चेतावनी दिर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पृथकतावाद अन्त्य गर्यौ र विप्लब समूहको नाममा मच्च्याईएको त्रासलाई पनि नियन्त्रण गछौ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउने, सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले सरकाले पृथकतवादको अन्त्य गरेसंगै विप्लब समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएको दावी गर्नुभयो ।  विप्लब समुहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टी भित्रै पनि विरोध भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको क्रियाकलाप गैहकानुनी र असंबैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार २०:१९