यस्ता छन् बन्दीपुर गाउँपालिका अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानका प्रतीबद्धताहरु

बन्दीपुर: बन्दीपुर गाउँपालिका अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले आफ्नो चुनावी प्रतीबद्धतापत्र सार्वजनीक गर्नु भएको छ । अध्यक्षका प्रत्यासी प्रधानले सार्वजनीक गर्नु भएको प्रतीबद्धतापत्रमा गाउँपालिकाको शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, विद्युत, खानेपानी, कृषि, संस्कृृति सम्पदा, विपत्त, प्रकोप ब्यवस्थापन, खेलकुद, फोहोरमैला ब्यवस्थापन, पर्यटन, वृद्धवृद्धा, महिला तथा बालबालीकालगायतका विषयवस्तु समावेश गरिएको छ ।

प्रधानले घोषणापत्रमा बन्दीपुर गाउँपालिकामा रहेका विद्यालय तथा क्याम्पसहरुको स्तरोन्नति गरि आधुनिक पूर्वाधारहरुको निर्माण गर्ने, गुणस्तरीय शिक्षा तथा शैक्षीक वातावरणमा सुधार गरि आधुनिक उच्चस्तरीय प्रविधिसहितको शिक्षामा जोड दिने, प्रत्येक विद्यालयमा हप्ताको एक दिन अनीवार्य रुपमा आधुनिक कला, खेलकुद, संगीत तथा नेतृत्वको विकासका लागि प्रशिक्षण कार्यक्रम गर्ने, असाक्षरलाई विशेष कक्षा संचालन गरि साक्षर बनाउने प्रतीबद्धता ब्यक्त गर्नु भएको छ ।

त्यस्तै, वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने ब्यवस्था गर्ने, प्रत्येक वडामा नियमीत स्वास्थ्य जाँचका लागि स्वास्थ्य शिवीरहरु गर्ने, सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालन गर्ने योजना पनि अगाडि सार्नु भएको छ ।

त्यस्तैगरि, बन्दीपुरलाई सुन्दर र मनमोहक बनाउन पहल गर्ने, सांस्कृतिक महत्वका सम्पदा तथा पर्यटकीय क्षेत्रहरुको निर्माण तथा पुर्ननिर्माण गर्ने, पर्यटकीय स्थान तथा प्रत्येक वडाहरुमा आवश्यकताअनुसार सार्वजनीक शौचालय निर्माण गर्ने योजना पनि उहाँले अगाडि सार्नु भएको छ ।

अध्यक्षका उम्मेदवार प्रधानले सडक र यातायात ब्यवस्थापनका लागि सडकले नछोएको वडा तथा टोलहरुमा तत्कालै बाटो ट्याक खोल्ने तथा कालोपत्रो गर्न बाँकि सडकमा योजनाबद्ध रुपमा तत्कालै कालोपत्र गर्ने, सुन्दर र सफा बाटो निर्माण गरि फुटपात्र निर्माण तथा सडकको मुख्य मुख्य बस स्टेशनमा सिसिटिभी जडान गर्ने र प्रत्येक वडाहरुलाई पालिका कार्यालयसम्म जोड्न सहुलीयत बस सेवा संचालन गर्ने पनि प्रतीबद्धता जनाउनु भएको छ ।

हाम्रो बन्दीपुर राम्रो बन्दीपुरको नारा लिएर बन्दीपुरलाई देशको उत्कृष्ठ पर्यटकीय स्थानको रुपमा परिवर्तन गर्ने, पर्यटकीय क्षेत्रलाई स्थानीय जनताको जीवनसँग जोड्ने कार्यक्रमहरु संचालन गर्ने, पर्यटकीय क्षेत्रको रुपमा विकासको लागि बन्दीपुर भ्रमण वर्ष कार्यक्रम २ वर्षभित्र संचालन गर्ने, सांस्कृतिक महत्व तथा पर्यटकीय सम्भावना बोकेका स्थानहरुको संरक्षण, पूर्वाधार निर्माण तथा अन्य सम्भावीत पर्यटकीय गन्तब्यको निर्माण गर्ने, स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न होमस्टे संचालन गर्ने तथा मौलिक सस्कृति, खानपिन रहनसहन तथा सूचनाहरु सम्प्रेषण गर्ने एजेन्डा अगाडि सार्नु भएको छ ।

त्यस्तैगरि, सिद्ध गुफालाई विश्वकै आर्कषित, मनमोहक तथा पर्यटकीय हिसावले पच्चुर सम्भवाना बोकेको स्थलको रुपमा सम्भार तथा विकसित गराई स्वदेशी पर्यटकहरु भ्रमण गराइने पनि प्रतीबद्धतापत्रमा उल्लेख छ ।

This image has an empty alt attribute; its file name is 279102784_3080933185455643_7098561840761323981_n-724x1024.jpg

प्रतीबद्धतापत्रमा वृद्धा तथा अशक्त ब्यक्तिहरुको लागि गाउँपालिकाबाट मासिक रुपमा आर्थिक सहयोग गर्ने, महिलाको लागि विद्यालय तथा वडाहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने, डुम्रे बजारलाई ब्यापारिक बजारको रुपमा विस्तार तथा विकसित गरि तनहुँ लमजुङ र गोरखाको ब्यापारिक केन्द्रविन्दु बनाउने र बन्दीपुरलाई देशकै सुन्तला खेतीको मेरुदण्डको रुपमा विकसित गरिने पनि उल्लेख छ ।

त्यस्तै, प्रत्येक वडाहरुमा कृषकलाई आधुनिक वैज्ञानीक कृषि तालिम दिई बीउ विजन उपलब्ध गराई कृषि उत्पादन गरिने तथा उत्पादित फलफूल तथ तरकारी भण्डारको लागि कोल्ड स्टोर निर्माण गर्ने, बन्दीपुर गाउँपालिकाको उपयुक्त स्थानमा तनहुँ जिल्लाकै ठूलो बहुउद्देश्यीय खेलकुद स्टिेडियम बनाउने, दमकल एम्बुलेन्स अन्य उद्दारका सामाग्रीहरु निश्चित स्थानमा चौबिसै घण्टा परिचालनको लागि तयारी अवस्थामा राख्ने पनि घोषणपत्रमा प्रधानले राख्नु भएको छ ।

साथै स्थानीय जनतासँग प्रत्यक्ष साक्षात्कार तथा गुनासो सुनुवाईको लागि गाउँपालिका अध्यक्षको प्रत्यक्ष गुनासो ईकाइ गठन गर्ने र मासिक रुपमा जनतासँग अध्यक्ष कार्यक्रम संचालन गर्ने, सम्पूर्ण बन्दीपुर गाउँपालिकाबासिहरुको लागि शुद्ध खानेपानी ब्यवस्था गर्न निश्चित स्थानहरुमा खानेपानी ट्याङ्खहरु निर्माण गर्ने, कल, कुवा, धाराहरु पुननिर्माण गरि पुराना स्रोतहरुलाई पुर्नजिवित गर्ने, सम्पूर्ण वडाका घर घरमा विद्युत लाईन पुर्याउने र अब्यवस्थित तार, बिजुलीको पोल ब्यवस्थित गर्ने पनि प्रतीबद्धता छन् ।


प्रकाशित | १९ बैशाख २०७९, सोमबार २३:३७