कालिन्चोक गाउँपालिका प्रमुखमा एमालेबाट गणेश शिवाकोटीको उम्मेदवारी दर्ता

चरिकोट : कालिन्चोक गाउँपालिका प्रमुखमा युवा नेता गणेश शिवाकोटीले उम्मेदवारी दर्ता गराउनु भएको छ । शिवाकोटीले बाजागाजाका साथ भब्य रुपमा उम्मेदवारी दर्ता गराउनु भएको हो । स्थानीय तहको यही बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा शिवाकोटीले एमालको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।

This image has an empty alt attribute; its file name is kalinchock2.jpg

कालिन्चोक गाउँपलिका-८ सुनखानी निवासी शिवाकोटी यसअघि एमाले दोलखा-काठमाडौं सम्पर्क समितिको अध्यक्ष भइसक्नु भएको छ भने हाल इन्चार्ज हुनुहुन्छ । साथै जिल्ला कमिटि सदस्य समेत हुनुहुन्छ ।

This image has an empty alt attribute; its file name is kalinchock.jpg

उम्मेदवारी दर्ता गर्नुहुँदै कालिन्चोकलाई उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । स्थानीय आवश्यकतालाई विशेष ध्यान दिदैं विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ब्यापक परिवर्तन गर्ने शिवाकोटीको योजना छ ।

This image has an empty alt attribute; its file name is 1-5.jpg

त्यस्तै, कालिन्चोक गाउँपालिका उपप्रमुखमा कविता थामीले उम्मेदवारी दर्ता गराउनु भएको छ । कालिन्चोक गाउँपालिकामा समावेशी उम्मेदवारी चयन गरेको एमालेले यसअघिको स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा जितेको थियो ।


प्रकाशित | १२ बैशाख २०७९, सोमबार ०९:४५