सुर्यबिनायक नगर प्रमुख बासुदेव थापाले दिए राजीनामा

भक्तपुर: नेकपा एमालेले टिकट दिने लगभग पक्का भएपछि सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले पदबाट राजीनामा दिनु भएको छ । आइतबार नगर उपप्रमुख जुना बस्नेत समक्ष थापाले राजीनामा दिनु भएको हो ।

थापाले पुनः नगरप्रमुख उठ्ने तयारी गरिरहनु भएको छ । उहाँसंगै उपप्रमुख बस्नेतले पनि राजीनामा दिनु भएको छ ।

स्रोतका अनुसार नगरपालिकामा एमालेले थापासहित अधिकांश पुरानै जनप्रतिनिधिलाई दोहोर्याउने समझदारी बनेको छ । एमालेले भोलि १२ गते मात्रै सबै पालिकामा उम्मेदवारी दर्ता गर्दैछ ।


प्रकाशित | ११ बैशाख २०७९, आईतवार ११:२४