सुत्नुअघि मोबाइलको प्रयोगले निम्तन सक्छ यस्तो समस्या !

एजेन्सी । सुत्नुअघि स्मार्टफोनको प्रयोग गर्ने बानीले आँखालाई सुख्खा बनाउँछ ।

स्मार्टफोनको प्रयोग लामो समयसम्म प्रयोग गर्ने गर्दा आँखालाई निकै ह्रास पुर्याउँछ ।

स्मार्टफोनको डिस्प्लेको ब्राइटनेस बढाएर राख्ने र स्मार्टफोनको प्रयोग गर्ने गर्दा यसबाट निस्किने उज्यालोले आँखालाई निकै नोक्सान पुर्याउँछ ।

राति सुत्नुअघि स्मार्टफोनको प्रयोगले आँखामा सुख्खापन ल्याउँछ । आँखा सुख्खा हुने भएको कारण आँखा चिलाउने र जलत हुने साथै, आँखाको अश्रु ग्रन्थीमा निकै नोक्सान पुग्छ ।
स्मार्टफोनको धेरै प्रयोगले आँखाको कोषबाट पानी आउन सुरु गर्छ ।

साथै, मोबाइलबाट निस्किने खराब किरणले नोक्सान दिलाउँछ । स्मार्टफोनको धेरै प्रयोगले आँखाको परेला झिम्क्याउने प्रक्रिया कम हुन्छ । आँखाको कोष र नसा सुन्निन थाल्छ र यसले टाउको दुखाई पनि बढाउँछ ।


प्रकाशित | १ पुष २०७७, बुधबार ११:५८