काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ , ललितपुरमा ३७ र भक्तपुरमा १७ जनालाई कोरोना संक्रमण देखिएको छ।

यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार १ सय ३९ पुगेको छ। काठमाडौंमा ९ हजार १ सय ३, ललितपुरमा १ हजार १ सय २९ र भक्तपुरमा ९०७ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय १ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ। २४ घण्टा ८ सय ५२ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेको छ।


प्रकाशित | २७ भाद्र २०७७, शनिबार १८:१७