कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं : नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम छ ।

महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार पारेको हो । महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।

यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।


प्रकाशित | ११ बैशाख २०७९, आईतवार ०९:४६