नेपालमा एकै दिन २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा एकै दिन २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घन्टामा ३१३ जना निको पनि भएका छन्। हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्।


प्रकाशित | २७ पुष २०७८, मंगलवार १६:४२