भारतमा कोरोना संक्रमितको संख्या वृद्धि

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ११५० नयाँ संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा १७ प्रतिशतले वृद्धि हो । यसका साथै, यो संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

यस्तै शनिबार ९७५ जनामा कोरोनाको संक्रमण देखिएको थियो र यसका कारण ४ जनाको मृत्यु भएको थियो । भारतमा कोरोना संक्रमितको कूल संख्या ४.३० करोडभन्दा बढी पुगेको छ ।


प्रकाशित | ४ बैशाख २०७९, आईतवार १०:२८