आज मातातीर्थ औंसीः आमालाई सम्झने र पुज्ने दिन

काठमाडौं: आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज वैशाख २१ गते परेको छ । आजको दिन जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइन्छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार १०:०५