खाना पकाउने ग्याँसको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरेको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गरेर १६ सय रुपैयाँ कायम गरेको हो ।

‘प्रत्येक एलपी ग्यास उद्योगबाट ५० किलो मिटर परिधिभित्र अनिवार्य रुपमा लागू हुने गरी समान बिक्री मूल्य रु १,६०० प्रति सिलिन्डर कायम गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ ।


प्रकाशित | २३ चैत्र २०७८, बुधबार ०७:४३