बेलायतको अल्डरसटको काउन्सिलरमा नेपाली समुदायका प्रवेश केसी विजयी

लन्डन : बेलायतको अल्डरसटको काउन्सिलरमा नेपाली समुदायका प्रवेश केसी विजयी हुनुभएको छ । युवा व्यवसायी तथा समाजसेवी केसी बिहीवार भएको स्थानीय चुनावमा काउन्सिलरमा विजयी हुनुभएको हो । केसीले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिल पदमा विजयी हुनुभएको हो ।

केसीले ३२८ मत ल्याएर विजयी हुनभयो । कुल ७ सय १० मत खसेकोमा केसी प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवार इभेट डिनलाई ४५ मतले हराउँदै  बिजयी हुनुभयएको हो । ।

केसी नेपालको म्याग्दीमा जन्मेर सन् १९९६देखि  बेलायतमा विभिन्न व्यवसाय गर्दै आउनुभएको थियो । । सन् १९९६ मा बेलायत आउनुभएको केसी प्रोपर्टी व्यवसायमा आवद्ध हुनुहुन्छ । कन्जरभेटिभ पार्टीले स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले केसीलाई उम्मेदवार छानेको थियो । केसी नाताले गैर आवासीय नेपाली संघ यूकेका संरक्षक एवं पूर्व अध्यक्ष योगेन्द्र बहादर क्षेत्रीको भाई समेत हुनुहुन्छ ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १०:५५