टोरन्टो, क्यानडा – गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले डिसेम्बर १७ तारिक बिहान क्यानडा सरकारले ब्यबस्थापन गरेको कोभिड-१९ को टोरन्टोमा अबस्थित मा खोप लगाउनुभएको छ । यो सँगै कोभिड (The Michener Institute) खोप लगाउने एनसिसि अध्यक्षहरुमा घिमिरे पहिलो नेपाली बन्नुभएको छ ।

कोभिडको बेलामा अत्यन्तै उत्कृष्ठ काम गर्नुभएका अध्यक्ष घिमिरे कोभिड सम्बन्धि बिभिन्न सुचनामुलक सामाग्रीहरु एनआरएन क्यानडा तथा आफनो ब्यक्तिगत सोसल मिडिया तथा अन्य माध्यमबाट प्रचार प्रसार गर्दै आउनुभएको छ । टोरन्टो सिटिमा पब्लिक हेल्थमा कार्यरत भएको कारणले आफूले छिटो खोप पाएको जानकारी दिनुभयो ।

कोभिड खोप लगाउन उत्सुक रहेको र लगाईसके पछि खुसि भएको बताउँदै अध्यक्ष घिमिरेले भन्नुभयो, ‘कोभिड-१९ को खोप लगाउने अबसर प्राप्त भएकोमा क्यानडा सरकार, पब्लिक हेल्थ, टोरन्टो सिटि र एाष्शभच लाई बिशेष धन्यबाद दिन चाहन्छु ।’

प्रकाशित | ३ पुष २०७७, शुक्रबार ०८:२१