एनआरएनएमा आलोपालो नेतृत्व बारे कसले के भने ?

काठमाडौं – गैर आवासीय नेपाली संघमा आलोपालो नेतृत्व गर्ने विषयमा अध्यक्षका तीन उम्मेदवार डा. बद्री केसी, कुल आचार्य र रविना थापाबीच सहमति भएसँगै विभिन्न धारणाहरु सार्वजनिक भइरहेका छन् । विश्वभरी छरिएर रहेका नेपालीहरुको धारणाले यतिबेला सामाजीक संजाल समेत तातीएको छ ।

आलोपालो नेतृत्व गर्ने सहमतिलाई कतीपयले संस्था विभाजनबाट जोगिएको भने त कतीपयले पदको लागि जे पनि गर्न तयार भएको भन्दै आलोचना समेत गरे । मंगलबार बिहान सहमति भएको भन्दै तीनै जनाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेपछि हामीले सामाजीक संजालमा विभिन्न ब्यक्तिहरुले राख्नु भएको धारणालाई प्रतिनिधि पात्रको रुपमा समेट्ने प्रयास गरेका छौ :-

कसले के भने ?

नेदरल्याण्ड्सबाट हरी पौडेल आफनो सामाजीक संजाल फेसबुकमा लेख्नुहुन्छ, ‘एनआरएनएमा विभिन्न बिवाद ल्याएर गन्दगी फैलाएर सफाइ न गरि दुबै पदमा बस्दैमा समाधान हुने हो ? यो समाधान होइन। एनआरएनएको इतिहासमा कालो धब्बा हो। यो संस्था बचेको होइन, सन्स्थामा कालो धब्बा लागेको हो।’

अब एनआरएन भनेर आफ्नो परिश्रम र दुखको कमाइ यिनीहरुका लागि किन खेर फाल्ने ? आलोपालो नेतृत्व प्रति असन्तुष्ट ब्यक्त गर्दै पौडेल लेख्नुहुन्छ, ‘हामीलाई धेरै मूर्ख बनाए। आखिर पद कै लोभी रैछन। यस्तो पनि समाधान हुन्छ ? लाज लाग्नु पर्नेहरुलाई लाज लागेको छैन, आफुलाई एनआरएनको साधारण मेम्बर भन्न पनि लाज लागि रहेछ। गत अक्टुबरमा हुने अधिवेशन के को लागि स्थगित गरिएको थियो ? विधि र बिधानको लडाइ थियो। खोइ त ? आखिर पद कै लागि भिडन्त रैछ। अनि हामीले यी पदका लोभीहरुलाई आफ्नो नेता मानेर थपडी बजाउने ? जसले बजाउछ बजावोस, मलाइ त अब एनआरएन देखि पुग्यो।’

 

त्यस्तै, अमेरिकाबाट सत्य चौधरी लेख्नुहुन्छ, ‘भने पछि एनसीसी अध्यक्षहरूको बिश्व सम्मेलनको “नौंटंकी” किन रचिएको रहेछ, भन्ने कुरा अब सबैलाई छर्लंग भयो, हैन त ? एनआरएनए रूपान्तरणको “एजेन्डा” भनेर जस्ले जति जे गफ लाए पनि कुरा त “पद” कै थियो त । कि कसो ? हाहाहा।‘

एनआरएनए बेलायतका उपाध्यक्ष समेत रहनु भएको सुनीलबाबु खडका नेकपाले सिकाएको बाटोमा एनआरएनए गएको भन्दै लेख्नुहुन्छ, ‘नेकपाको जस्तो दुर्दशा हेर्न नपरोस बरु बेलायतको ग्रिन पार्टी जस्तो बनोस । हामीले दिन सक्ने भनेको त शुभकामना मात्र न हो ।’

बेल्जियमबाट सीता सापकोटा सामाजीक संजालमा पोस्ट गर्दै सहमतिले एनआरएनए कमसेकम बिभाजन हुनबाट जोगिएकोमा खुशी ब्यक्त गर्नुहुन्छ । र भन्नुहुन्छ, ‘समन्वयकारी भुमिका खेल्नु हुने सबै सबैलाई हार्दिक धन्यवाद छ ।’

अष्ट्रेलियाबाट रञ्जु वाग्ले थापा सामाजीक संजालमा लेख्नुहुन्छ, ‘संस्थालाई भागबण्डाको खाडलमा धकेलेर, कोठे राजनीति गरेर सामाजिक अभियान भन्दै सबैलाई मुर्ख बनाउने कोशिसलाई बढावा दिएर झुटको खेती गर्दै सस्थालाई विभाजन हुनबाट जोगाईयो भन्नु कति उचित छ। आठ महिने अध्यक्ष ?’

जर्मनीबाट शंकर डांगी एनआरएनएको अन्त​राष्ट्रीय​ अधिबेश​न​ हुने या न​हुने स​म्ब​न्ध​मा भएका विविध आरोह अवरोहको बिच​ बिग​त​ ६ म​हिना देखी म​ढारी र​हेको कालो बाद​ल​ हिजो भ​एको स​ह​म​ती पछि ह​बताउनुहुन्छ । लेख्नुहुन्छ, ‘संसारभरि र​हेका गैर​ आवासीइ​ नेपाली माझ​ यो एकताको स​माचार​ले निश्चित​ रुप​मा हर्षित तुल्याएको छ ।’

त्यस्तै, कोरियाबाट लक्ष्मी गुरुङ लेख्नुहुन्छ, ‘पद लुप्तहरुलाई आफुले पद पाए पछि विधि बिधान पनि होला तर हामी कोहि कसैका खेतला होइनौ। अबसरवादी दलालहरु आज सम्म किन यति ठूलो रडको गरेको धोखेबाज हो। तिमीलाई पद पाए पछि सबै मिल्यो ।’


प्रकाशित | ९ चैत्र २०७८, बुधबार १३:१०