यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६० रुपैयाँ २७ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ अन्य देशको मुद्राको विनिमय दर


प्रकाशित | ७ चैत्र २०७८, सोमबार ०७:४८