पर्वतमा २६ लाख लगानीमा कृषि फर्म

पर्वत: नेपालमा आजआर्जनको कुनै सम्भावना नदेखेर दैनिक हजारौंको संख्यामा युवाहरु विदेश पलायन भइरहेका छन् । कतिपय विदेश फर्केपछि पश्चाताप गर्ने गरेको पनि पाइन्छ । तर स्देशमै पनि कृषि क्षेत्रमा लगानी गर्ने हो भने विदेशमा भन्दा पनि गतिलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउँदै यहाँका एक युवाले गाउँमै ठूलो रकम लगानी गरेर कृषि व्यावसाय थालेका छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं। १३ खौलालाकुरीका २० वर्षिय सागर कार्किले गाउँमै ठूलो रकम लगानी गरी व्यवसायिक कार्की कृषि तथा पशुपंक्षी फर्म सञ्चालनमा ल्याएका हुन् । उनले एक वर्षदेखि यो फार्म सञ्चालनमा ल्याएका हुन् । उनले झण्डै १४ रोपनी क्षेत्रफलमा बाख्रा, स्थानीय जातको कखुरा, माछा पालन गर्दै आएका छन् । त्यसैगरी किवी, एभोगाडो, कफी, अलैंची, सुन्तला र कागतीलगातका फलफूलको खेती समेत सुरु गरेका हुन् । यो समाचार कारोबार दैनीकमा छ ।

२१ वर्षको उमेरमै ठूलो रकम लगानी गरी फर्म सञ्चालन गरेका कार्की जिल्लाकै कान्छा र नमूना कृषक हुन् । उनले १९ लाख लगानी गरर व्यवसाय सुरु गरेपनि हालसम्म २६ लाख रुपैयाँ लगानी पुगेको छ ।


प्रकाशित | २ आश्विन २०७६, बिहीबार ०९:००