आयरल्याण्डमा गैर आवासीय नेपालीले मनाए ‘सेन्ट प्याट्रिक दिवस’

डब्लिन – आयरल्याण्डमा गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका छन् । नेपाली भेषभुषामा सजीएर आयरल्याण्डमा बसोबास गर्नुहुने गैर आवासीय नेपालीहरुले पनि सेन्ट प्याट्रिक दिवस मनाएका हुन ।

एनआरएनए आयरल्याण्डको आयोजनामा नेपाल र नेपाली चिनाउने विभिन्न प्ले कार्ड, ब्यानर, झण्डा लगायत भेषभूषाका साथ सेन्ट प्याट्रिक दिवस मनाइएको हो ।

एनआरएनए आयरल्याण्डका अध्यक्ष बिनोद कार्कीको नेतृत्वमा भएको उक्त कार्यक्रममा एनआरएन आयरल्याण्डका आईसीसी सदस्य जंग अधिकारी, पूर्व अध्यक्ष गणेश प्रसाई, पूर्व अध्यक्ष नवराज कोइराला, वर्तमान उपाध्यक्ष सुमन गुरुङ्ग, महिला उपाध्यक्ष सृजना गोले, पूर्व उपाध्यक्ष अवेद्यपाणी गौतम, पूर्व महिला उपाध्यक्ष सुनिता कार्की, पूर्व उपाध्यक्ष सागर लामा, कोषाध्यक्ष पुस्कर बम्जन, महिला संयोजक करुणा थापा, सांस्कृतिक संयोजक ज्ञानसिंह पुन, उप संयोजक शरु थापा, क्षेत्रिय संयोजक कुमार थापा, सदस्य चिन्तामणी सापकोटा, दलराम तामाङ्गलगायत सहभागि हुनुहुन्थ्यो।

त्यसैगरी, समाजका अग्रणी ब्यक्तित्व अनुज प्रधान, चेतराज वली, भीमनाथ गौतम, सोभना अधिकार, लक्ष्मी कोइराला, भगवती सुवेदी, अभिषेक वोगटी, केशव मल्ल, दिपक शर्मा, ओमकला थापा, पार्वती सापकोटा, सन्दीप गौतम। ज्योती गौतम, केशव सापकोटा, रितिका अधिकारी, स्यारोन कार्की, इनेश कोइराला, एमन कोइराला, विनिता मर्हजन , धन बहादुर मर्हजन, कमला मर्हजन , मियोसा मल्ल, शान्बी शर्मा , राज मर्हजन लगायत धेरै अग्रणी ब्यक्तित्वहरुको पनि उपस्थिति थियो।

कार्यक्रममा सहभागिलाई माउन्ट एभरेष्ट नेपाली रेष्टुरेन्ट ब्रेका संचालक एवं वर्तमान महासचीव रबि वोगटी र निर्वतमान उपाध्यक्ष अवेद्यपाणी गौतलले चिया कफी र नेपाली खानाको ब्यवस्था मिलाउनु भएको थियो ।

त्यसैगरी, युवा संयोजक विजय बुढाथोकी र सदस्य वाबुकृष्ण खतिवडाको नेतृत्वमा लिम्रिक नेपाली समाजले पनि भब्य रुपमा सहभागि भई सेन्ट प्याट्रिक डे सम्पन्न भएको एनआरएनए आयरल्याण्डका अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

सेन्ट प्याट्रिक दिवस आयरल्याण्डभरि मनाइएको थियो । कोभिड-१९ को पछिल्ला दुई वर्षमा कार्यक्रमहरू रद्द भएपछि यो वर्ष डब्लिनको सडकमा ठूलो भीडको साथ सेन्ट प्याट्रिक डे मनाइएको हो ।

अनुमानित ४ लाख मानिसहरूले डब्लिनमा परम्परागत परेडमा भाग लिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । डब्लिनमा आयरल्याण्डको युक्रेनी समुदायका सदस्यहरूले परेडको नेतृत्व गरेका थिए भने देशको ऐक्यबद्धता जनाउँदै आइरिश र युक्रेनी झण्डाहरू फरफराइएको थियो ।

सेन्ट प्याट्रिक दिवस हरेक वर्ष मार्च १७ तारिखमा आयरल्याण्डमा ईसाई धर्म भित्याएका संरक्षक सन्त सेन्ट प्याट्रिकको सम्झनामा मनाइँदै आइएको छ ।


प्रकाशित | ४ चैत्र २०७८, शुक्रबार ११:४०