नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड–२०२०’को विजेता

काठमाडौँ – यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् ।

शनिबार भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रताले मिस वल्र्डको उपाधि जितेकी हुन् । नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

त्यस्तै मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।


प्रकाशित | २० मंसिर २०७७, शनिबार २०:५५