जापानले अप्रिलदेखि दैनिक १० हजार विदेशीलाई प्रवेश गर्न अनुमति दिने

टोकियो – जापानले अप्रिलदेखि दैनिक १० हजार जनालाई देश प्रवेश गर्न दिने भएको छ । जापानले कोभिड सीमा नियन्त्रणहरूलाई थप सहज पार्दै अप्रिलदेखि हालको ७ हजारबाट विदेशी आगमनमा दैनिक १० हजार पुर्‍याउने भएको हो ।

प्रधानमन्त्री फुमियो किशिदाले स्वदेश तथा विदेशमा संक्रमणको अवस्था र अन्य राष्ट्रले लागू गरेको सीमा नियन्त्रणका कदमलाई मध्यनजर गर्दै चरणबद्ध रुपमा खुकुलो बनाउने बताइसकेका छन् ।

जापानले नोभेम्बरको अन्त्यमा गैर आवासीय विदेशी नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाएको थियो। तर सरकारले मार्चदेखि बिस्तारै नियमहरु खुकुलो बनाउँदै ल्याएको छ र विदेशबाट फर्केका जापानी नागरिकहरू सहित जापान प्रवेश गर्ने मानिसहरू दैनिक ७ हजारमा बढाइएको छ। विदेशी पर्यटकलाई भने अझै प्रवेश निषेध गरिएको छ।

‘धेरै विदेशी विद्यार्थीहरू जापानमा पढ्नको लागि पर्खिरहेका छन्, सरकारले उनीहरूको प्रवेशलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ। तीमध्ये अधिकांश मेको अन्त्यसम्म आइपुग्ने अपेक्षा गरिएको छ’, सरकारका शीर्ष प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन्।


प्रकाशित | ३ चैत्र २०७८, बिहीबार १४:३१