कुवेतको जजिरा एयरवेजले आगामी २ जेठदेखि गौतमबुद्ध विमानस्थलमा दैनिक उडान गर्ने

काठमाडौं – कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट साताको सात उडान गर्ने भएको हो ।

जजिराले आगामी २ जेठदेखि दैनिक एक उडान गर्ने गरि नेपाल नागरिक उड्डयन  प्राधिकरणमा निवेदन दिएको हो । जजिराले अहिले काठमाडौंमा समेत नियमित उडान गर्दै आइरहेको छ ।

त्यस्तै, जजिरासँगै हालसम्म विभिन्न ४ वटा वायुसेवा कम्पनीले उडानको लागि प्रस्ताव गरेका छन् । श्रीलंकाको श्रीलंकन, थाइल्याण्डको थाइ स्माइल र नेपाल एयरलाइन्स विमान कम्पनीले पनि उडानको लागि प्रस्ताव गरेका हुन ।

सरकारले बुद्ध पूर्णिमाको दिन (२ जेठ) को अवसर पारेर गौतमबुद्ध विमानस्थलबाट नियमित उडान शुरु गर्ने घोषणा गरेको छ ।


प्रकाशित | ३० फाल्गुन २०७८, सोमबार १६:३५