जापानमा तीन वटा चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स, पहिलो उडान आज

काठमाडौँ: नेपालमा रोकिएका जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लिएर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । एयरलाइन्सको वाइडबडी ए–३३० जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो ।

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार जहाज आज राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्नेछ । २५० यात्रु लिएर नारिता उड्ने जहाज शनिबार काठमाडौँ फर्कनेछ ।

निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ। आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्ने प्रवक्ता खड्काले जानकारी गराउनुभयो । निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन्।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १३:३१