ओमानद्धारा विदेशी भिसा शुल्कमा ८५ प्रतिशत भन्दा बढी कटौती

मस्कट- ओमानले विदेशी भिसा शुल्कमा भारि कटौती गरेको छ । ओमानले आइतबार विदेशीहरूले तिर्ने भिसा शुल्कमा ८५ प्रतिशतभन्दा बढीले भारी कटौती गर्ने घोषणा गरेको हो ।

श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटाइएको भिसा शुल्क आगामी जुन १, २०२२ देखि लागु हुने जनाइएको छ ।

ओमानले विदेशी कामदार, विदेशी व्यावसायिक जनशक्ति भर्नाको लागि इजाजतपत्र जारी र नवीकरण शुल्कमा ८९ प्रतिशत भन्दा बढीले शुल्क घटाइने जनाएको छ ।


प्रकाशित | २९ फाल्गुन २०७८, आईतवार २१:५७