एनआरएनए हङकङले पायो नयाँ नेतृत्व, गोकर्ण ढकालको नेतृत्वमा कार्यसमिति निर्विरोध (सूचीसहित)

हङकङ । गैर आवासीय नेपाली संघ हङकङको अध्यक्ष पदमा गोकर्ण ढकाल निर्विरोध चयन हुनु भएको छ । एनआरएनए हङकङको आगामी कार्यकालको लागि ढकाल सहितको कार्यसमिति निर्विरोध चयन भएको हो । ढकाल यसअघि महासचिव हुनुहुन्थ्यो । निर्वाचन समितिले प्रकाशन गरेको सुचना अनुसार ढकालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई, महासचिवमा डिल्लीराम विश्वकर्मा, सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन, महिला संयोजकमा कविता गुरुङ, युवा संयोजकमा असिम राई चयन हुनु भएको छ ।

त्यस्तै, सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा चयन हुनु भएको छ । आइसीसी सदस्यमा किसन राई निर्विरोध चयन हुनु भएको छ । संघको अधिवेशन यही २५ जुलाइमा हुँदैछ ।

यस्तो छ नयाँ कार्यसमिति


प्रकाशित | ३ श्रावण २०७८, आईतवार १८:१४