शेयर बजारमा गिरावट: कारोबार पनि घट्यो

काठमाडौं: साताको अन्तिम दिन आज (बिहीबार ) शेयर बजारमा गिरावट आएको छ । नयाँ वर्ष लागेसँगै उकालो लागेको शेयर बजारमा उत्तरचढाव आइरहेको छ । साताको अन्तिम दिन आज नेप्से सूचक ४.२१ अंकले घटेर परिसूचक १२९४.३९ बिन्दुमा रोकिएको छ ।

आज १७० कम्पनीको १८ लाख ३ हजार २६ कित्ता सेयर ५८ करोड ७८ लाख ५५ हजार ११३ रुपैयाँको कारोबार भएको छ । बिहीबार ११ उपसमूहको कारोबार हुँदा होटल १३.६३, निर्जीबन बीमा ३७.५५, उत्पादन तथा प्रशोधन ३८.०८ अंकले बढेको छ भने बाँकीको घटेको छ ।  कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ४ करोड ३५ लाख ३० हजार २३३ रुपैयाँको सेयर किनबेच हुँदा दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट रहेको छ ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १८:२६