साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

काठमाडौं – साउदी अरबका परराष्ट्रमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । उनले आगामी फागुन ३० देखि चैत १ गतेसम्म भ्रमण गर्न लागेको हुन् ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको हो ।

नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ ।


प्रकाशित | २७ फाल्गुन २०७८, शुक्रबार १८:१९