चीन र भारतसँगको सीमा नाका एक हप्ता पूर्ण रुपमा बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ध्यानमा राख्दै सरकारले भारत र चीनसँगको सीमा नाका आवागमन पूर्णरुपमा बन्द गर्ने भएको छ । सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म नाका पूर्ण रुपमा बन्द गरिने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ध्यानमा राख्दै छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आवागमन बन्द गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सम्बोधन गर्नुहुँदै भोलीदेखि सार्वजनीक सवारी साधान एक जिल्लादेखि अर्को जिल्ला जानबाट प्रतिबन्ध  लगाइसक्नुभएको छ भने नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत १८ गतेसम्मको लागि प्रतिबन्ध लगाइएको छ ।


प्रकाशित | ९ चैत्र २०७६, आईतवार २०:४९