बर्लीन – रुसले आफ्नो अतिक्रमण सुरु गरेदेखि १८ हजार भन्दा बढी शरणार्थीहरू युक्रेनबाट भागेर जर्मनी आइपुगेका छन् ।
देशमा प्रवेश गरेका करिब ३ हजार भने गैर-युक्रेनी नागरिक रहेको जर्मन गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले युद्ध क्षेत्रबाट भागेका जो कोही जर्मनीमा प्रवेश गर्न सक्ने जनाएको छ । ‘चाहे तिनीहरू युक्रेनी शरणार्थीहरू हुन वा तेस्रो देशका नागरिकहरू हुन्, उनीहरु प्रवेश गर्न सक्छन’, मन्त्रालयले भनेको छ ।
त्यस्तै, युक्रेनबाट अहिलेसम्म १० लाख भन्दा बढी नागरिकले देश छाडिसकेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
प्रकाशित | २० फाल्गुन २०७८, शुक्रबार १९:०७