एनआरएनए क्यानडाले बोलायो कार्यसमितिको आकस्मिक बैठक

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । एनआरएनए आइसिसीले सोमबारसम्म सदस्यता शुल्क नबुझाए मान्यता रद्द गर्ने निर्णय गरेपछि पछिल्लो उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष दिपक गौतमले सदस्यता शुल्क विषयमा छलफल गर्न कार्यसमितिको आकस्मिक बैठक बोलाउनु भएको हो । बैठक क्यानडाको समय शुक्रबार साँझ ६ बजे बस्दैछ । बैठकमा सबैलाई उपस्थित हुन आग्रह गरिएको छ ।

त्यस्तै, अध्यक्ष गौतमले एक विज्ञप्ति जारी गरि क्यानडाबाट पठाइएका प्रतिनिधिहरुलाई आइसीसीले प्राविधिक समस्या देखाएर हटाउने काम गरेकोमा आपत्ति जनाउँदै प्रतिनिधिको समस्याहरु समाधान भएपछिमात्र केन्द्रमा बुझाउनुपर्ने रकम बुझाउने अडान यथावत रहेको बताउनु भएको छ ।

‘क्यानडाबाट पठाइएका प्रतिनिधिहरुलाई आइसीसीले प्राविधिक समस्या देखाएर हटाउने काम गरेको छ । यो हामीलाई स्विकार्य छैन । त्यसकारण ति समस्याहरु समाधान भएपछिमात्र हामीले केन्द्रमा बुझाउनुपर्ने रकम बुझाउँछौ भन्ने हाम्रो अडान हो’, अध्यक्ष गौतमले भन्नु भयो ।

विज्ञप्तिमा गैर आवासीय नेपाली संघ क्यानडाबारे पछिल्लो समयमा विभिन्न संचार माध्याम सामाजिक संजालमा आएका समाचारबारे संस्थाको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा पछिल्लो पटक बिकसित गतिविधिलाई गैरआवासीय नेपाली संघ क्यानडाले नजिकबाट हेरिरहेको छ । संस्था जटिल मोडमा पुगेको वर्तमान परिस्थितीमा संस्थाको मेरुदण्डको रुपमा चिनिने राष्ट्रिय समन्वय परिषदहरुले जिम्मेवार र संयमतापुर्वक आफ्ना कदमहरु अगाडी बढाउनुपर्ने अवस्था छ’, अध्यक्ष गौतमले भन्नु भएको छ ।

त्यस्तै, ‘अन्तराष्ट्रिय समन्वय परिषदमा विकसित भइरहेका परिदृष्यले गैर आवासीय नेपाली संघ क्यानडा र क्यानडाको नेपाली समुदायमा असर पर्न नहुनेमा जोड दिर्दै भनीएको छ, यहाँको सामाजिक एकता, सद्भाव र भाइचाराको सम्वन्ध हाम्रा लागी महत्वपुर्ण हो त्यसैले यसलाई प्रार्थमिकतामा राखेर नै वर्तमान कार्यसमितिले काम गरिरहेको छ । यसका लागी सहयोग गर्ने सवै पक्ष एवं व्याक्तिहरुलाई धन्यबाद दिन चाहन्छु ।’


प्रकाशित | २० फाल्गुन २०७८, शुक्रबार १८:१०