‘युट्युव र टिकटक’ जस्ता सामाजिक सञ्जालबाट भ्रम फैलाउनेलाई कारवाही गर्ने साइबर ब्यूरोको चेतावनी

काठमाडौं  –  साइबर ब्यूरोले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराधका पीडितको गोपनीयताको ख्याल गर्न सबैमा आग्रह गरेको छ ।

शुक्रबार ब्यूरोले एक सूचना जारी गर्दै प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई प्रभावित पारेर पीडितको गोपनीयता ख्याल नगरिएको भन्दै गम्भीर बन्न आग्रह गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक नविन्द्र अर्यालद्वारा जारी सूचनामा भनिएको छ– ‘अनुसन्धानलाई प्रभावित पार्ने उदेश्यले भ्रामक र भुट्टा क्याप्सन राखी भिडियो तथा तस्बिरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजतको सामाजिक एवं मानिसक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने प्रवृत्ति देखिएकाले यस्ता गतिविधि नगर्न अनुरोध छ ।’

 


प्रकाशित | २० फाल्गुन २०७८, शुक्रबार १७:४३