१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने हुनु भएको छ । उहाँको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो ।

कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ –एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनु भएको छ ।


प्रकाशित | ७ जेष्ठ २०७८, शुक्रबार १५:५६