भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउन प्राधिकरण प्रमुख कुलमान घिसिङको आग्रह

काठमाडौँ: प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरेका छन ।  आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी घिसिङले भन्नुभयो, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो ।

प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।, ‘यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं ।’ प्राधिकरणले खपतका आधारमा प्रति युनिट तीन रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिन्छ । तर, कतिपय घरबेटीहरुले भाडावालासँग २० रुपैयाँसम्म असुल्ने गरेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।


प्रकाशित | २९ भाद्र २०७६, आईतवार १७:३४